निर्वाचनको विकल्प छैन: प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको चेतावनी दिएका छन्।
सम्पादकहरूसँग बिहीबार गरिएको छलफलमा प्रचण्डले हाल देखिएको परिस्थितिलाई विगतको भन्दा निकै जटिल र गम्भीर भने। “राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले कहिल्यै थिएन,” उनले भने, “स्वाधीनताका सवालमा यति ठूलो चुनौती कमै थियो।”
उनले देशको राजनीतिक संकट अझै कायमै रहेको पनि स्पष्ट पारे। सत्ता गठबन्धन र दलहरूबीचको समन्वय कमजोर हुँदै गएको अवस्थामा, राजनीतिक स्थायित्व स्थापित गर्न अझ धेरै प्रयास आवश्यक रहेको उनको संकेत थियो।
प्रचण्डले पछिल्लो समय जेनजी युवा आन्दोलनले संविधान र राष्ट्र निर्माणका विषयमा नयाँ बहस उत्पन्न गरेको उल्लेख गरे। “युवाहरूको आवाजले संविधानलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा पुर्याएको छ,” उनले भने।
उनले यहि फागुन २१ गतेको निर्वाचन सम्पन्न हुनु पर्ने भन्दै निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सहमती हुनुुपर्ने वताए । दलहरुले आफ्नो कम्जोरी भएको स्विकार गर्दै दलहरुले आत्म समिक्षा गर्न जरुरत भएको बताए । जेजनी पुस्ता र राजनीतिक दलहरु विच राष्ट्रिय सहमती कायम गर्दै संविधान संशोधन गर्नुको बिकल्प नभएको भन्दै प्रचण्डले दलहरुले अहंकार कायम राख्दा फेरि देश दुर्घटनामा जाने वताए ।













