राष्ट्रिय युवा संघले भोली काठमाडौँमा मोटरसाइकल र्‍याली निकाल्ने

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय युवा संघले भोली काठमाडौँमा मोटरसाइकल र्‍याली निकाल्ने

काठमाडौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भोलि काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने भएको छ।

संघले राष्ट्रिय एकता, समृद्धि र युवाको अग्रणी भूमिकाको सन्देश दिन र्‍यालीको आयोजना गरेको जनाएको छ। संघका अध्यक्ष क्षितिज थेबेले र्‍यालीको उद्देश्य राष्ट्रिय एकता, समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनु रहेको बताएका छन्।

र्‍याली भोलि दिउँसो १ बजे तीनकुनेबाट सुरु हुनेछ। त्यसपछि बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै फेरि तीनकुनेमै पुगेर समापन गरिने कार्यक्रम छ।

र्‍यालीमा संघका केन्द्रीय नेतृत्व, उपत्यकाका युवाहरू र विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ। संघले र्‍याली शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गरिने युवा संघले जनाएको छ ।