एमाले सचिवालय बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन र पछिल्लो जेनजी आन्दोलनपछि सिर्जिएको अवस्थाबारे विस्तृत छलफल हुने बताइएको छ।
बैठकमा आसन्न केन्द्रीय कमिटी बैठकका तयारी, एजेन्डा तय गर्ने विषयमा पनि प्रमुख छलफल हुनेछ। साथै, अध्यक्ष ओलीले हालै प्रदेश, जिल्ला तथा प्रवासस्तरीय अध्यक्षहरूसँग गरेको भर्चुअल छलफलको जानकारी पनि बैठकमा प्रस्तुत गर्ने छन्।
ओलीले हालको सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीले कूटनीतिक र कानुनी पहल गर्ने बताएपछि एमालेको राजनीतिक रणनीतिमा नयाँ बहस सुरु भएको छ। बैठकमा चुनावको सम्भाव्यता र वर्तमान सरकारका आगामी सम्भावित कदमहरूको पनि समिक्षा हुने बताइएको छ।













