शिक्षा मन्त्री पुनद्वारा त्रिवि सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेका छन्।
विश्वविद्यालयको जग्गा तथा सम्पत्तिको अध्ययन गर्न गठित समितिले तयार पारेको उक्त प्रतिवेदन अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन। मन्त्री पुनका अनुसार मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाइसकेको छ ।
यसका साथै, क्यान्सरको उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधिहरू अब नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ। मन्त्री पुनले क्यान्सर बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले औषधि उपचारका लागि मात्र प्रयोग हुने आणविक अनुसन्धान केन्द्र खोल्न आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।
त्यस्तै, संस्कृत विश्वविद्यालयको सेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरू नियुक्त गर्न मन्त्रालयले निर्णय गरिसकेको छ।













