राष्ट्रपति पौडेलद्वारा निर्वाचनबारे दलहरूसँग छलफल गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रपति पौडेलद्वारा निर्वाचनबारे दलहरूसँग छलफल गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।

शीतल निवासमा अपराह्न ४ बजे हुने उक्त बैठकमा आसन्न निर्वाचनका तयारी, कार्ययोजना र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ। राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रिय सहमति र समन्वय कायम गर्नका लागि राष्ट्रपति पौडेलले सबै पक्षलाई शीतल निवासमा आमन्त्रण गरेका हुन्।

यसअघि, बिहीबार प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेलसँग शीतल निवासमै भेटवार्ता गरेका थिए। आजको छलफल त्यसको निरन्तरता स्वरूप आयोजना गरिएको हो।