एमाले सचिवालय बैठक आज गुण्डुमा, राजनीतिक रणनीति र आगामी एजेन्डा तय हुने

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले सचिवालय बैठक आज गुण्डुमा, राजनीतिक रणनीति र आगामी एजेन्डा तय हुने

काठमाडौ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रको संगठनात्मक व्यवस्थापन, जेनजी आन्दोलनपछि उत्पन्न अवस्था र आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे गम्भीर छलफल हुने कार्यक्रम रहेको छ।

यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो। आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवास कमिटीका अध्यक्षहरूसँग हालै सम्पन्न भर्चुअल छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।

साथै, वर्तमान सरकारले लिन सक्ने सम्भावित राजनीतिक कदम र आगामी निर्वाचनको सम्भावनाबारे पनि ओलीले धारणा राख्ने बताइएको छ ।