विगतका सरकारहरूले जेनजीको आवाज सुनेनन् : प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of विगतका सरकारहरूले जेनजीको आवाज सुनेनन् : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ता, विशेषगरी जेनजीको आवाज र भावना विगतका सरकारहरूले बेवास्ता गरेको खुलेर स्वीकार गरेकी छन्।

जेनजी आन्दोलन सुरु भएको एक महिना पूरा भएको अवसरमा बिहीबार सार्वजनिक गरेको भिडिओ सन्देशमार्फत उनले यो सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रा युवाहरूमा निराशा देखिन्छ, तर त्यही निराशाको गहिराइमा देशप्रतिको असीम प्रेम पनि छ। उनीहरूको भावना वास्तविक र शक्तिशाली छ, जसलाई हामीले सुन्न र सम्मान गर्नैपर्छ।

उनले विगतका नेतृत्वहरूले युवाको माग र आवाजलाई बेवास्ता गरेको भन्दै त्यसबाट पाठ सिक्नुपर्ने बताइन्।विगतका सरकारले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूको चाहना बुझ्न सकेनन्। त्यो हाम्रो सामूहिक कमजोरी हो, जसलाई अब हामीले विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

अहिलेको सरकार परिवर्तनको भावनासँग कदम मिलाउँदै अघि बढ्नेमा जोड दिइन्।