कांग्रेसमा नियमित महाधिवेशन जाने निर्णयतर्फ सहमति, कार्यतालिका अझै टुंगोमा छैन

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसमा नियमित महाधिवेशन जाने निर्णयतर्फ सहमति, कार्यतालिका अझै टुंगोमा छैन

काठमाडौ । नेपाली कांग्रेसमा अब नियमित महाधिवेशनको तयारीमा जाने विषयमा लगभग सर्वसम्मति बनेको छ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको सानेपास्थित बैठकमा संस्थापन पक्षले समेत नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेपछि नेताहरू एकमत भएका छन्। तर, महाधिवेशनको कार्यतालिका र समयबारे भने मतभेद कायम छ।

संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले शीघ्र महाधिवेशन गर्नुपर्ने भन्दै हालको कार्यसमितिको म्याद सकिएको याद दिलाए।

डा. कोइराला पक्षका उपसभापति धनराज गुरुङले पनि कार्यकाल सकिँदै गएको अवस्थामा अब नियमित महाधिवेशनमा जाने विषयमा सहमति बनेको बताए। 

बैठकमा महामन्त्री गगन थापाले जेनजी आन्दोलनले परिवर्तनको सन्देश दिएको भन्दै कांग्रेसले त्यो भावनालाई आत्मसात गर्नुपर्ने बताएका थिए । थापाले म्याद थप्ने सोच गलत भएको उल्लेख गर्दै नियमित महाधिवेशनमै जानुपर्नेमा जोड दिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्ने पार्टी निर्णयको स्वामित्व लिँदै पनि न्यायालयको अन्तिम निर्णय स्वीकार गर्नुपर्ने बताएका छन्। उनले फागुन २१ गतेभित्र चुनाव गराउन सरकारलाई साथ र दबाब दिनुपर्ने धारणा राखेका थिए ।