सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।
बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग विशेष छलफल गरेका थिए। उक्त छलफलमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सुरक्षा चुनौतीहरू र विपद् व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय देशभर भइरहेको घटनाक्रम, बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूको उद्धार तथा राहत, तथा आगामी दिनमा सरकारले लिनुपर्ने रणनीतिक निर्णयहरूबारे छलफल हुने बताइएको छ ।













