टियु क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न मन्त्री घिसिङको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरि हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
बिहीबार टियु क्रिकेट मैदानको स्थगलत निरिक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न निर्देशन दिएका हुन्।
टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिव सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए । उनले मंसिरमा आयोजना हुने एनपिएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने बताए।
टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अव दोश्रो र तेश्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको पनि मन्त्री घिसिङको भनाई थियो । त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अवको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताउदै मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको जानकारी दिए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ ।













