संसद पुर्नस्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनु पर्छ: एमाले अध्यक्ष ओली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट संसद विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुर्नस्थापना भएको बताए ।
अध्यक्ष ओलीले संसद पुर्नस्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले संसद पुर्नस्थापनमा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए । त्यस्तै उनले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको जिकिर गरे ।
प्रधानमन्त्री हुने बित्तिकै संसद भग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले कार्कीको नियतमै खोट रहेको ओलीले आरोप लगाए । आफ्नो पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने जस्तो तमासा नगर्न पनि ओलीले सरकारलाई चुनौति दिए ।
ओलीले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए । यसैगरि अध्यक्ष ओलीले जेनजी आन्दोलनका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन एमाले र नेपाली जनतालाई मान्य नहुने बताए ।













