मन्त्री घिसिङले गरे बिपी राजमार्गको स्थलगत अनुगमन

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री घिसिङले गरे बिपी राजमार्गको स्थलगत अनुगमन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालैको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गका विभिन्न खण्डको अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका हुन् । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो ।

संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरे । गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो ।

उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।