नेपालले आज भियतनामसँग सामना गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of नेपालले आज भियतनामसँग सामना गर्दै

काठमाडौ । एएफसी एसियन कप फुटबलको छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भियतनामसँग सामना गर्ने भएको छ। भियतनाममा नेपाली समय अनुसार  साँझ सवा ६ बजेदेखि शुरु हुने भएको हो।

यसअघि लाओस र मलेसियासँग पराजित भएको नेपालका लागि यो खेल पुनरागमनको अवसर हुने भएको छ। घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्न लागेको नेपाल जितविहीन यात्राको अन्त्य गर्ने योजनामा छ ।

नेपाली फुटबल टिम एएफसी एसियन कपको छनोट खेल्न तयार छ। प्रशिक्षक म्याट रसले बंगलादेशसाग खेलेको टिममा ६ परिवर्तन गरेका छन । यसअघि अन्डर २३ टिममा रहेका खेलाडी समेत सिनियर टिममा फर्किएपछि नेपाली टिम राम्रो तयारी गरेर भियतनाम गएको हो।

तर, अहिले नेपाली टिममा उत्साह र आत्मविश्वासको कमी रहेको छ। पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २–१ को हार ब्यहोरेको थियो।