भक्तपुरको गुण्डुमा राजनीतिक कार्यक्रममा सहभागी हुँदै ओली

User Image Prime TV News एक महिना अगाडि
Image of भक्तपुरको गुण्डुमा राजनीतिक कार्यक्रममा सहभागी हुँदै ओली

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजित विशेष राजनीतिक कार्यक्रममा सहभागी हुँदै छन्। एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा ओलीले पछिल्लो राजनीतिक परिदृश्यका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ नाम दिइएको यस कार्यक्रममा अध्यक्ष ओलीले हाल देशमा देखा परेको असामान्य राजनीतिक परिस्थिति, दलहरूको भूमिकामा देखिएको अस्पष्टता तथा लोकतान्त्रिक प्रक्रियाप्रति बढ्दो अविश्वासजस्ता विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । 

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित एमालेका केन्द्र, प्रदेश र स्थानीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहने बताइएको छ । ओलीले कार्यक्रममार्फत नेता तथा कार्यकर्ताहरूलाई वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको दिशानिर्देशन स्पष्ट पार्ने र भावी रणनीतिबारे जानकारी गराउने बताइएको छ।