इजरायल–हमासबीच शान्ति सम्झौता, ट्रम्पले गरे घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of इजरायल–हमासबीच शान्ति सम्झौता, ट्रम्पले गरे घोषणा

काठमाडौ । मध्यपूर्वमा दशकौँदेखि चलेको रगतपात अन्त्यतर्फ ठूलो मोड आएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र प्यालेस्टिनी समूह हमासबीच शान्ति सम्झौताकाे पहिलो चरणमा हस्ताक्षर भएको छ।

ट्रम्पले वासिङ्टन डीसीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौताबारे जानकारी दिँदै भने, “आजको दिन केवल इजरायल र प्यालेस्टाइनका लागि होइन, सम्पूर्ण विश्वका लागि ऐतिहासिक दिन हो।

सम्झौताअनुसार सबै बन्धकहरूलाई निकट भविष्यमा मुक्त गरिनेछ भने इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुनेछन्। ट्रम्पले यो सम्झौतालेमजबुत, दिगो र स्थायी शान्तिको ढोका खोल्नेविश्वास व्यक्त गरे।

उनले कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूको भूमिकाको प्रशंसा गर्दै भने, “यी देशहरूले असम्भवलाई सम्भव बनाएका छन्। अब हामीले घृणाको सट्टा सहअस्तित्व रोज्ने समय आएको छ।

यो सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायले दशकौँदेखि चलेको इजरायलप्यालेस्टाइन द्वन्द्व अन्त्यतर्फको ऐतिहासिक कदमको रूपमा स्वागत गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको भीषण आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायलले चलाएको आक्रमणमा करिब ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन ।