गाजामा दुई वर्षअघि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of गाजामा दुई वर्षअघि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौ । हमासले दुई वर्षअघि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो क्लिप सार्वजनिक भएको छ। यस भिडियोले उनी जीवित रहेको सम्भावनाबारे पुनः आशा जगाएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त भिडियो हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किबुट्ज अलुमिममा भएको आक्रमणपछि खिचेको हो। इजरायलको रक्षा बल ले उक्त भिडियो बरामद गरी हालै विपिनको परिवारलाई उपलब्ध गराएको बताइएको छ। भिडियो २०२३ नोभेम्बरतिर खिचिएको विश्वास गरिएको छ।

३३ सेकेन्ड लामो भिडियोमा विपिन अंग्रेजी भाषामा बोल्दै आफू नेपालका २३ वर्षीय विद्यार्थी भएको पुष्टि गर्छन्। उनले भन्छन्,
मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २५ दिनअघि इजरायल आएको थिएँ। मसिक्नुहोस् र कमाउनुहोस्कार्यक्रमका लागि आएको हुँ। म सिट्रस र कागती खेतीमा काम गर्छु।

यो भिडियो सार्वजनिक भएपछि उनका परिवार र साथीहरूले विपिन अझै जीवित हुनसक्ने आशा व्यक्त गरेका छन्। तर भिडियो पुरानो भएकाले उनको हालको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।

विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका १७ जना नेपालीमध्ये एक हुन्। उक्त घटनामा १० जना नेपालीको मृत्यु भएको थियो ।