कांग्रेस संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले आगामी साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको मिति र स्थान घोषणा गरेका हुन्। उनका अनुसार भेला काठमाडौंमै आयोजना हुनेछ।
कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको वर्तमान अवस्था जटिल बन्दै गएको भन्दै पार्टीभित्रको मतभेद अन्त्य गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र डा. शेखर कोइरालालगायतले पार्टी एकता अहिलेको आवश्यकता भएको धारणा राखेका थिए।
उनीहरूले आन्तरिक विवादभन्दा संगठन सुदृढीकरण र पार्टीलाई थप बलियो बनाउने दिशामा सबै पक्ष केन्द्रित हुनुपर्ने बताएका थिए।







