मन्त्रिपरिषद्को बैठक बस्दै
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






