आज सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
हिजो मंगलबारको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार १३९ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







