प्रधानमन्त्री र मन्त्रीहरू जनता तथा राजनीतिक नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री वाग्ले

User Image Prime TV News ८ घण्टा अगाडि
Image of प्रधानमन्त्री र मन्त्रीहरू जनता तथा राजनीतिक नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

मन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको उल्लेख गर्दै सुशासन कायम गर्न कुनै सम्झौता नगर्ने स्पष्ट पारे। “प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,” उनले भने।

उनले पुराना विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै जाने तथा इमानदार र जिम्मेवार कर्मचारीतन्त्रलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको पनि बताए। राज्य सञ्चालनमा पारदर्शिता, इमानदारी र जवाफदेहितालाई संस्थागत गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए।