नेपाली बजारमा सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले महँगियो

User Image Prime TV News ११ घण्टा अगाडि
Image of नेपाली बजारमा सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले महँगियो

काठमाडौ । नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप एक हजार रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।