भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन आह्वान

User Image Prime TV News २० घण्टा अगाडि
Image of भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन आह्वान

काठमाडौ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि अन्तिमपटक निवेदन आह्वान गरेको छ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले सम्बन्धित व्यक्तिहरूसँग निवेदन मागेको हो। आयोगका अनुसार सम्बन्धित स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले आयोगले तोकेको ढाँचाअनुसार निवेदन फाराम भरी साउन ४ गतेदेखि ३५ दिनभित्र पेश गर्नुपर्नेछ।

निवेदन स्थानीय तहअन्तर्गत वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत बुझाउन सकिने आयोगले जनाएको छ। आयोगले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दर्ता गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसलाई भूमिसम्बन्धी व्यवस्थापन प्रक्रियाको अन्तिम चरणका रूपमा लिइएको आयोगको भनाइ छ।