नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ
Prime TV News २१ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको थियो। लगातार दोस्रो दिनको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।
चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ८० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ४ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहँदै आएको छ। सोमबार सुन प्रतिऔंस ४ हजार १६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।






