काभ्रेको रिसोर्टबाट काठमाडौं फर्किए रास्वपा सभापति लामिछाने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा बसेपछि आइतबार काठमाडौं फर्किएका छन्।
सुरक्षा स्रोतका अनुसार पत्नी निकितासहित रिसोर्ट पुगेका लामिछाने केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने केही समयपछि फर्किने जनाइएको छ।
शनिबार दिउँसो अर्थमन्त्री वाग्ले रिसोर्ट पुगेका थिए भने त्यसको केही समयपछि लामिछाने पत्नीसहित त्यहाँ पुगेका थिए। उनीहरू वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेका थिए। पछिल्लो समय सरकार र रास्वपाबीचको सम्बन्ध तथा पार्टीभित्रको समन्वयबारे विभिन्न राजनीतिक चर्चा भइरहेका बेला सभापति लामिछाने र उपसभापति वाग्लेको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि भेटबारे दुवै नेताले सार्वजनिक रूपमा कुनै औपचारिक धारणा वा छलफलको विवरण सार्वजनिक गरेका छैनन्।







