वर्तमान सरकार स्वेच्छाचारी बाटोमा हिँड्न खोज्दैछः महासचिव पोखरेल

User Image Prime TV News २ दिन अगाडि
Image of वर्तमान सरकार स्वेच्छाचारी बाटोमा हिँड्न  खोज्दैछः महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी बाटोमा हिँड्ने जोखिम रहेको बताएका छन् ।

आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले कानुनको दुरुपयोग हुने, स्वेच्छावादी र अधिनायकवादी बाटोमा राज्य सञ्चालनका लागि कानुन बनाउने जोखिम बढी रहेको बताएका हुन् ।

‘संविधान पनि च्यातचुत पार्ने, कानुन पनि आफ्नो स्वार्थका आधारमा बदल्ने खालको योजनामा लागिरहेको कुरा तपाईं–हामीले सुनेकै छौँ । यही वर्ष डेढ सयभन्दा बढी कानुन हेरफेर गर्ने भन्ने सुनेका छौँ,’ पोखरेलले भने ।

पोखरेलले सरकारले ठूलो संख्यामा कानुन हेरफेर गर्ने तयारी गरिरहेको चर्चा सुनिएको उल्लेख गर्दै त्यसको उद्देश्यप्रति सतर्क रहनुपर्ने बताए ।

‘कानुनमा सुधार र संशोधन आवश्यक छ, तर जुन दृष्टिकोणका साथ सरकार चलिरहेको छ, उसले गर्ने हेरफेर कानुनमा सुधार गर्नका लागि हो कि दुरुपयोग गर्नका लागि हो भन्ने कुरामा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘कानुनको दुरुपयोग हुने, स्वेच्छावादी र अधिनायकवादी बाटोमा राज्य सञ्चालनका लागि कानुन बनाउने जोखिम बढी छ ।’