सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ, चाँदी पनि महँगियो

User Image Prime TV News एक दिन अगाडि
Image of सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ, चाँदी पनि महँगियो

काठमाडौ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

गत शुक्रबारको तुलनामा सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावअनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको महासंघले जनाएको छ।