३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

User Image Prime TV News ३ दिन अगाडि
Image of ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

काठमाडौ । नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ ।

ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ ।

यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ । बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने छ ।