सांसदलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

User Image Prime TV News ४ दिन अगाडि
Image of सांसदलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई आगामी भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

सचिवालयका उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सांसदहरूले पदभार ग्रहण गरेको मितिले ६० दिनभित्र आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरेर सचिवालयमा बुझाउनुपर्नेछ।

यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(१) बमोजिम लागू गरिएको सचिवालयले जनाएको छ। सचिवालयले तोकिएको समयभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन सबै सांसदलाई आग्रह गरेको छ।