दिपक भट्ट र सुलभ अग्रवाललाई केही मुद्दामा धरौटी, सम्पत्ति शुद्धीकरण मुद्दामा भने थुनामै
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई तीन फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा ऐन र धितोपत्रसम्बन्धी कसुरका मुद्दामा धरौटी तोकेको हो। अदालतले बीमा ऐनअन्तर्गतको मुद्दामा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दिपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
त्यसैगरी, धितोपत्रसम्बन्धी अर्को मुद्दामा सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि विशेष अदालतले धितोपत्रसम्बन्धी अर्को मुद्दामा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो।
यद्यपि, दुवै जना सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्। त्यसैले बीमा र धितोपत्रसम्बन्धी मुद्दामा धरौटी बुझाए पनि उनीहरू तत्काल थुनामुक्त हुने अवस्था छैन।







