सुनको मूल्य तोलामा ३१ सय रुपैयाँ घट्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँ ले घटेर ४ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँ मा कारोबार भएको थियो।







