कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, जीवनबहादुर शाही मुख्यमन्त्रीका उम्मेदवार
Prime TV News ५ दिन अगाडि 
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ५ जना र नेपाली कांग्रेसका ११ जना गरी १६ प्रदेशसभा सदस्यले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावसँगै विपक्षी गठबन्धनले नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गरेको छ।
अब प्रदेशसभा नियमावलीअनुसार अविश्वास प्रस्तावमाथि छलफल र निर्णयको प्रक्रिया अघि बढ्नेछ। प्रस्ताव पारित भएमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।








