घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद

User Image Prime TV News ५ दिन अगाडि
Image of घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौ । विशेष अदालतले घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष छ महिना कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको ठहर गर्दै पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो। विशिष्ट तहको सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनलाई थप छ महिना कैद पनि सुनाएको छ।

उक्त प्रकरणमा घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय सुनाइएको छ। अदालतले घुसको रकम बरामद नभएको आधारमा विगो कायम नगरे पनि घुस लिएको भनिएको ३ करोड ८ लाख रुपैयाँ बराबरको रकम दामासाहीका आधारमा बाँड्दै दुवै जनालाई जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।