सुनको मूल्यमा निरन्तर उकालो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि प्रतितोला २ हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढ्दै गएको छ र यसले नयाँ रेकर्ड बनाएको छ। यस साता सोमबार सुनको मूल्य २५ सय रूपैयाँले बढेको थियो भने मंगलबार २३ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ३५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने मंगलबार स्थिर भए पनि बुधबार प्रतितोला ५ रूपैयाँले सस्तो भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ५५ रूपैयाँ कायम भएको छ। सोमबार र मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
यसरी सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ भने चाँदीको मूल्यमा थोरै गिरावट आएको छ।













