उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण अब विश्वविद्यालय अनुदान आयोगले गर्ने
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ।
केन्द्रले जारी गरेको सूचनाअनुसार ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा गरिएको संशोधनपछि उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई हस्तान्तरण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार त्रिविले २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ। त्यसैले साउन १ गतेपछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाले अब विश्वविद्यालय अनुदान आयोग मा सम्पर्क गर्नुपर्ने त्रिविले जनाएको छ।








