बिजनेस नभएपछि प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित

User Image Prime TV News ६ दिन अगाडि
Image of बिजनेस नभएपछि प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित

काठमाडौ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्को अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।

सरकारले संसदमा प्रस्तुत गर्न आवश्यक कार्यसूची (बिजनेस) उपलब्ध नगराएपछि बैठक दुई साताका लागि स्थगित गरिएको हो। यसअघि बुधबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसदमा पर्याप्त बिजनेस नभएको जानकारी गराएका थिए।

त्यसपछि संसदमा  प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरू बैठक स्थगित गर्न सहमत भएका थिए। सोही सहमतिअनुसार प्रतिनिधिसभाको बैठक दुई सातापछि बस्ने तय गरिएको छ।