सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय खारेज गरेको छ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सम्बन्धित परिपत्र बदर गर्ने आदेश दिएको हो। सरकारले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था लागू गरेको थियो।

उक्त निर्णयले निजी सञ्चारमाध्यमको हित र प्रतिस्पर्धात्मक वातावरणमा असर पर्ने भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्र बदर गर्ने आदेश दिएको हो। अदालतको पूर्ण आदेश र विस्तृत व्याख्या भने सार्वजनिक हुन बाँकी छ।

यस आदेशसँगै सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको एकद्वार प्रणाली कार्यान्वयन नहुने भएको छ।