अमेरिकामा कर्मचारीहरूको तलबबारे अनिश्चितता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकामा करिब एक सातादेखि जारी सरकारी सटडाउनले सर्वसाधारणसँगै सरकारी कर्मचारीहरूलाई समेत समस्या परिरहेको छ। हालसम्म सटडाउनको समयमा कर्मचारीलाई तलब दिने परम्परा रहे पनि ट्रम्प प्रशासनले अब तलब दिने वा नदिने निर्णय कंग्रेसको मञ्जुरीमा निर्भर हुने बताएको छ। यो कदमले कर्मचारीहरूमा असुरक्षा बढाएको छ।
ट्रम्प प्रशासनको नयाँ नीति २०१९ मा तय गरिएको पुरानो नियमको विपरीत छ, जसमा सटडाउनपछि सबै कर्मचारीलाई तलब दिइन्थ्यो। प्रशासनले यस कदमलाई डेमोक्रेट्समाथि दबाब बनाउने रणनीति रहेको जनाएको छ ताकि उनीहरू सरकार पुनः खोल्न राजी होउन्। तर, डेमोक्रेटिक सांसदहरूले यसलाई कर्मचारीहरूलाई धम्क्याउने प्रयास भन्दै विरोध गरेका छन्।
हाल कंग्रेसमा बजेट विषयमा सहमति नभएपछि सटडाउन जारी रहेको छ। डेमोक्रेट्सले स्वास्थ्य सेवाका लागि बजेट माग गरिरहेका छन् भने रिपब्लिकनहरू यसलाई अस्वीकृत गर्दै आएका छन्। यस बीच कर्मचारीहरू तलबको अनिश्चितताबाट चिन्तित छन् र यो विवाद अझै लामो समयसम्म चल्ने संकेत देखिन्छ।













