अचानक प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री बालेन शाह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्।
प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै बैठकमा पुगेका हुन्। उनीहरू केहीबेरअघि संसद् भवन प्रवेश गरेका थिए। प्रधानमन्त्री बैठकमा सहभागी हुने विषय यसअघि सार्वजनिक रूपमा जानकारी गराइएको थिएन। त्यसैले उनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिनिधिसभाको बैठक जारी रहेको छ। प्रधानमन्त्री शाहको उपस्थितिपछि उनले बैठकमा सम्बोधन गर्ने वा अन्य कुनै विषयमा धारणा राख्नेबारे भने तत्काल जानकारी आएको छैन।







