संवाद गरि विश्वासको वातावरण बनाउन नागरिक अगुवाहरुको अपिल

User Image Prime TV News एक महिना अगाडि
Image of संवाद गरि विश्वासको वातावरण बनाउन नागरिक अगुवाहरुको अपिल

काठमाडौ । नागरिक अगुवाहरुले देशको वर्तमान सुरक्षा अवस्था र राजनीतिक अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूलाई संविधान, लोकतन्त्र र विधिको शासनको रक्षा गर्न अपिल गरेका छन्। उनीहरूले सार्वजनिक गरेको अपिलमा पछिल्लो समय देशमा देखिएको अस्थिरता, द्वन्द्व र अराजकताप्रति गम्भीर सरोकार व्यक्त गरिएको छ।

अपिलमा प्रहरी चौकी जलाइएका, जेलबाट अपराधी भागेका र हातहतियार लुटिएका घटनाहरू उल्लेख गर्दै आम नागरिकको मनमा भय व्याप्त भएको जनाइएको छ। यस्तो संवेदनशील अवस्थामा सुरक्षा संयन्त्र आफैं मनोबलहीन बन्दै गएको दाबी गर्दै विश्वसनीय निर्वाचन असम्भवजस्तै देखिएको बताइएको छ।

उनीहरूले सरकारलाई सबै पक्षसँग संवाद गरेर विश्वासको वातावरण बनाउने, सुरक्षा संयन्त्रलाई सशक्त बनाउने र लोकतान्त्रिक मूल्यमा आधारित शासन गर्न आग्रह गरेका छन्। प्रमुख दलहरूलाई सर्तबिना निर्वाचनमा सहभागी हुन, पुराना नेताहरूलाई नैतिक जिम्मेवारीसाथ मार्गप्रशस्त गर्न र नयाँ नेतृत्वमार्फत पार्टी पुनर्गठन गर्न समेत अपिल गरिएको छ।