आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन

User Image Prime TV News १ हप्ता अगाडि
Image of आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।

असार २५ गते आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राति करिब २ बजे मृत्यु भएको हो।

उनी शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएका थिए। प्रहरीका अनुसार मण्डल बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।

घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको थियो।

यस घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ।