प्रधानमन्त्री कार्कीले नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ब्रिफिङ लिदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग आज ब्रिफिङ लिने भएकी छिन । परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन ।
सबै राजदूत र नियोग प्रमुखहरूसँग आज दिउँसो भर्चुअल माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ । नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतदेखिकै प्रचलन रहेको छ।













