सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले सस्तो हुँदै ४ हजार ३७५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।