गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति (सहमती पत्र सहित)
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आत्मदाहपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ।
सरकार र मृतकका परिवारबीच भएको वार्तापछि विभिन्न माग तथा राहतका विषय समेटेर नौबुँदे सहमति गरिएको हो। सहमतिपछि परिवारले आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाइएको छ। सरकारका प्रतिनिधि र परिवारबीच लामो छलफलपछि सहमति जुटेको हो।
यसअघि गणेश नेपालीको मृत्युको घटनालाई लिएर निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुपर्ने माग उठ्दै आएको थियो।









