अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
उनी काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन्। पारिवारिक स्रोतका अनुसार मंगलबार उनको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्रोतले जनाएको छ।
करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि दिपाश्री अस्पताल पुगेकी थिइन्। चिकित्सकले थप स्वास्थ्य परीक्षण गर्दा उनको मस्तिष्कमा ट्युमर देखिएको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार उनको शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ।
हाल उनी चिकित्सकको निगरानीमा उपचाररत छन्।






