डुबानपछि कीर्तिपुरका सुकुमवासीलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of डुबानपछि कीर्तिपुरका सुकुमवासीलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौ । अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई स्थानान्तरण गरिएको छ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको हो। शनिबार र आइतबार बिहान गरी उक्त संख्यामा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा सारिएको सम्बन्धित निकायले जनाएको छ।

डुबान प्रभावितमध्ये केही परिवारलाई भक्तपुरकै बोडे क्षेत्रमा समेत स्थानान्तरण गरिएको छ। बागमती नदी किनारमा रहेका थापाथलीलगायतका क्षेत्रका सुकुमवासी बस्ती सरकारले हटाए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापन भने अझै हुन सकेको छैन।

अस्थायी व्यवस्थापनका क्रममा राखिएका होल्डिङ सेन्टरसमेत वर्षाका कारण प्रभावित भएपछि उनीहरूलाई अन्यत्र सारिएको हो।