अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौ । फिफा विश्वकप–२०२६ अन्तर्गत क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको ९३औँ मिनेटमा जुड बेलिङहमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाए। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरुपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।

तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङहमले गोल फर्काउँदै इंग्ल्यान्डलाई १–१ को बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यहाँ बेलिङहमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई अन्तिम चारमा पुर्‍याए।

यस जितसँगै इंग्ल्यान्ड चौथोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। यसअघि इंग्ल्यान्ड सन् १९६६ मा विश्वविजेता बनेको थियो भने सन् १९९० र २०१८ मा पनि सेमिफाइनलसम्म पुगेको थियो। सन् २०२२ मा भने इंग्ल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएको थियो।