बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार जीप सडकबाट अनियन्त्रित भएर करिब तीन सय मिटर तल खसेपछि दुर्घटना भएको हो।
घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान र दुर्घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।







