सुमना श्रेष्ठद्वारा दलीय भातृ संगठन खारेजको माग

User Image Prime TV News एक महिना अगाडि
Image of सुमना श्रेष्ठद्वारा दलीय भातृ संगठन खारेजको माग

काठमाडौ । नेतृ सुमना श्रेष्ठले शैक्षिक संस्थामा रहेका दलीय भातृ संगठनहरू खारेज गर्नुपर्ने स्पष्ट माग गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले विद्यार्थीदेखि शिक्षक, प्राध्यापक र प्रशासनसम्मका सबै तहमा रहेका दलसम्बद्ध संगठनहरूले शिक्षण संस्थाको पवित्रता नष्ट गरिरहेको आरोप लगाइन्।

श्रेष्ठले हालै भएको घटनाको उदाहरण दिँदै लेखेकी छन्, “युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्दा विद्यार्थी संगठन मौन रह्यो। तर, गोली चलाउने आदेश दिने दलका नेताविरुद्ध उजुरी पर्दा तुरुन्तै आन्दोलन सुरु भयो।” 

उनले थप लेखेकी छन्, “दलीय भातृ संगठन- चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, शिक्षक वा प्राध्यापकको खारेज गर्नुपर्छ।श्रेष्ठले शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त गरी विद्यार्थीलाई विद्यार्थीकै भूमिकामा रहन दिने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

नेपालका अधिकांश शिक्षण संस्थामा दलसम्बद्ध संगठनहरू सक्रिय छन्। ती संगठनहरूले क्याम्पस प्रशासनदेखि नियुक्ति प्रक्रिया र आन्दोलनसम्ममा दलको आदेशअनुसार काम गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ।