अनेरास्ववियुद्वारा मेयर बालेन शाह र सुधन गुरुङविरुद्ध किटानी जाहेरी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गराउन प्रहरीसमक्ष पुगेको छ।
मंगलबार अनेरास्ववियुका केन्द्रीय नेताहरू काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत लगायतका राज्यका उच्च निकायमा भएको तोडफोड, आगजनी र प्रहरीमाथिको आक्रमणमा बालेन र गुरुङको संलग्नता रहेको दाबी गर्दै जाहेरी दिएका हुन्।
सुधन गुरुङको नेतृत्वमा रहेको समूहले यसअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रहरीसमक्ष उजुरी दिएको थियो। साथै सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई कारबाही गर्न दबाबसमेत दिइएको थियो।













