इरानका पूर्व सर्वोच्च नेता अली खामेनीलाई मशहदमा दफन

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानका पूर्व सर्वोच्च नेता अली खामेनीलाई मशहदमा दफन

काठमाडौ । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीलाई उनको निधन भएको चार महिनाभन्दा बढी समयपछि शुक्रबार जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ।

एक सातासम्म चलेका राष्ट्रिय श्रद्धाञ्जली कार्यक्रमपछि निजी रूपमा दफन प्रक्रिया सम्पन्न भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी तेहरानबाट सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा लाखौँ मानिस सहभागी भएका थिए।

त्यसपछि कोम, नजफ र कर्बलामा पनि शवयात्रा आयोजना गरिएको थियो। अन्तिम चरणमा अत्यधिक भीडका कारण कफिनलाई हेलिकोप्टरमार्फत मशहदस्थित इमाम रेजा दरगाह पुर्‍याइएको बताइएको छ। शोकसभामा सहभागीहरूले राष्ट्रिय झण्डा, खामेनीका तस्बिर तथा विभिन्न नारासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

केही स्थानमा अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजीसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच, इरान र अमेरिकाबीचको तनाव पूर्ण रूपमा अन्त्य भइनसकेको देखिएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबाट सीमित सैन्य गतिविधि र आरोप–प्रत्यारोप जारी रहे पनि पूर्ण स्तरको युद्ध पुनः सुरु भएको स्पष्ट संकेत भने देखिएको छैन।